बाँके, २० जेष्ठ ।
बाँकेमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बर्दियाका तीन जनामा पनि कोरोना पुष्टि भएको छ ।
यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय १३ पुगेको छ । मंगलबार देशभर एकै दिन दुई सय ८८ जना कोरोना संक्रमित थपिएको उनले बताए । जसमध्ये १ हजार ४९ जना पुरुष र १ सय ५० महिला रहेका छन् ।
भेरी अस्पतालमा २० जनाको कोरोना जाँच गरिएकोमा खजुरामा एक, नरैनापुरमा दुई र राप्तीसोनारीमा १४ गरि १७ जनामा कोरोना देखिएको उनले बताए ।
यसैगरि, बर्दियाको गुलरियाका तीन जनामा कोरोना संक्रमण भेटिएको डा. देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ सय पुगेको छ ।