हाइस दुर्घटनामा थप एकसँगै मृतकको संख्या ११ पुग्यो

बाँके, १९ जेष्ठ ।
भेरी अस्पतालमा ल्याइएका घाइतेको मृत्यु भएपछि सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । भारतबाट आएकालाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नं. को हाइस कोहलपुर–लमही सडक खण्ड अन्तरगत राप्तीसोनारी गाउँपालिका–८ मा पर्ने ठुरे जंगलमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो ।
आइतवार मध्यान्ह राती करिव ११ः३० बजे भएको दुर्घटनामा १३ जना घाइते भएको प्रहरी चौकी शमशेरगन्जका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए ।
उनीहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा एक महिला, करिव १२ बर्षको बच्चा सहित १० जनाको मृत्यु भएको उनले बताए । हाइस गाडी विग्रिएर सडक छेउमा रोकिराखेको बा ४ ख ९०६४ ट्रकमा ठोकिएको उनले बताए । ‘हाइस गाडी ट्रक भित्र छिरेको छ,’ प्रहरी सहायक निरीक्षक केसीले भने ।
दुर्घटनामा मृत्यु र घाइतेको नाम खुल्न नसकेको बताउँदै उनले हाइसमा भारतबाट फर्किदै गरेका सल्यान, रुकुम र दाङका भएको बताए । दुर्घटनामा हाइस चालक, सह–चाकल र कण्डक्टरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Previous articleहाइस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु
Next articleहाइस दुर्घटनामा १२ जनाको मृत्यु, स्वाब संकलन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here