मृतक र घाइतेको कोरोना रिपोर्ट निगेटिभ, ११ जनाको सनाखत

बाँके, १९ जेष्ठ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका–२, स्थित ठुरियामा भएको फोर्सहाइस दुर्घटनामा परेका सबैको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । आरटी–पिसिआर प्रविधिबाट भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतक १२ सहित ३३ जनाको कोरोना रिपोर्ट निगेटिभ आएको हो ।
घट्नालगतै उपचारका लागि नेपालगन्ज ल्याइएका मृतक र घाइतेको स्वाब संकलन गरि पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादर थापाले जानकारी दिए ।
मृतक ११ जनाको सनाखत
भारतका बिभिन्न शहरबाट फर्किएकालाई नेपालगन्जबाट सल्यानतर्फ लैजाँदै गरेको यात्रुबहाक फोर्सहाइस आइतबार मध्यरातमा राप्तीसोनारी गाउँपालिका–२, ठुरिया स्थित राजमार्गमा रोकिराखेको ट्रकमा ठोकिदा सवार १० जनाको घटनास्थलमै र दुई जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक मध्ये ११ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको सनाखत भएको बाँके प्रहरीले जनाएको छ ।
दुर्घटनमा २१ जना घाइते भएका छन् । घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अवस्था चार जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

Previous articleथारु भाषा मानकताको आधार
Next articleफोर्सहाइस दुर्घटनामा मृत्यु भएका चार जनाको मात्र सनाखत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here