फोर्सहाइस दुर्घटनामा मृत्यु भएका चार जनाको मात्र सनाखत

बाँके, १९ जेष्ठ ।

बाँके, १९ जेष्ठ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका–२, स्थित ठुरियामा भएको फोर्सहाइस दुर्घटनामा परेका मृतक १२ जना मध्ये चार जनाको मात्र सनाखत भएको छ । बाँके प्रहरीका अनुसार, मृतक मध्ये फोर्सहाइस चालक गुराँस गाउँपालिका–४, दैलेखका दानबहादुर खड्का, वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतका सह–चालक पवन भण्डारी, सोही ठाउँका कन्डक्टर ऋतेश कार्की र राजपुर गाउँपालिका–६, दाङका रामबहादुर पुनको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।
अन्य मृतकको नाम र ठेगाना खुले पनि सनाखत भइनसकेको उनले बताए । ‘सनाखत नहुँदै नाम र ठेगाना भन्न मिल्दैन,’ उनले भने ।

Previous articleमृतक र घाइतेको कोरोना रिपोर्ट निगेटिभ, ११ जनाको सनाखत
Next articleदुई नेपाली नायिका अमेरिकन चलचित्रमा अभिनय गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here