थारु हस्तकलाको संरक्षणसँगै मनग्य आम्दानी गर्दै थारु महिला

बाँके, १९ जेष्ठ ।
बाँकेका थारु महिलाले थारु हस्तकलाको संरक्षणसँगै आयआर्जनको साधन बनाएका छन् । हस्तकला उद्योग स्थापना गरेर संगठित भएका महिलाले हराउँदै गएको थारु हस्तकलाको जगेर्नासँगै आयआर्जनको महत्पूर्ण साधन बनाएर ब्यवसाय संचालन गरेका छन् । केहीवर्ष अघिसम्म दुई पैँसा कहाँबाट हात पार्ने चिन्ता गर्ने थारु महिलालाई अहिले दुई–चार हजार रुपैयाँ सामान्य भइसकेको छ ।
थारु हस्तकला ब्यवसायले एकातिर हराउँदै गएको हस्तकलाको जगेर्ना भएको र अर्कोतर्फ आम्दानीको राम्रो श्रोत बनेको नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँकी निरु चौधरीले बताइन् ।
थारु हस्तकला उत्पादन सम्बन्धि तीन महिने तालिम लिएर ब्यवसाय सुरु गरेकी उनले दुई–चार हजार रुपैयाँ हर्जा नभएको बताइन् । ब्यवसायबाट सन्तुष्ट भएको बताए । łएकातिर हराउँदै गएको थारु हस्तकलालाई जिवन्त राख्न सहयोग भएको छ भने अर्कोतर्फ ब्यवसायबाट राम्रो आम्दानी भएको छ,’ उनले भनिन् ।
उनले घरमै बसेर मासिक १०–१२ हजार रुपैयाँ आम्दानी भइरहेको बताइन् । बजारको समस्या पनि नभएको उनले बताइन् । माग अनुसार सामग्री पु¥याउन नसकिएको उनको भनाई छ । माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै उनले आलोपालो गरेर सामान पु¥याउने गरिएको बताइन् । łप्लाष्टिकजन्य बस्तुको बजार थारु हस्तकलाको सामानले ओगट्न थालेको छ,’ उनले भनिन् ।
थारु हस्तकलाका सामान उत्पादन गर्न भ्याई नभ्याई भएको नेपालगन्ज उपमहानगरपालिका–९, बाँके गाउँकी आरती चौधरीले बताइन् । हस्तकलाको ब्यवसाय सुरु नगर्दै फूर्सदिलो भए पनि अहिले एकछिन फूर्सद नहुने गरेको उनको भनाई छ । łटिभी हेरेर र साथीसँगीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एकछिन पनि फुर्सद हुँदैन,’ उनले भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका–९, खट्कनपुर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई ब्यवसाय बनाएकी छन् । उनले घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताइन् । उनले पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रे लगायतका सामान उत्पादन गरेर बजारमा पठाउँछिन् । उनले उत्पादन गरेको सामान नेपालगन्ज, काठमाडौँ, पोखरा, बुटवल, अमेरीका, जापान, अष्ट्रेलिया, क्यानडा, डेनमार्क जस्ता देशमा जाने गरेको छ । łजान त विदेशमा पनि जान्छ, तर अधिकांश सामान काठमाडौँमै खपत हुन्छ,’ उनले भनिन् ।
ज्याला मजदुरी गर्ने बाध्यताको अन्त्य
जंगलबाट कुश अर्थात खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको उनले बताइन् । थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगन्ज उपमहानगरपालिका–१२ की विह्या थारुले बताइन् । उनले भनिन्, łथारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाई खानु परेको छ न त कामको खोजीमा बाहिर जानु पर्ने बाध्यता छ ।’
सामानको प्रकृति हेरेर उत्पादनमा समय लाग्ने गरेको छ । उत्पादन गर्न लागेको समयको आधारमा सामानको मूल्य तोक्ने गरेको पञ्चशील हस्तकला केन्द्रकी अध्यक्ष समेत रहेकी हस्तकला उद्यमी निरु चौधरीले बताइन् । उनका अनुसार, २० रुपैयाँदेखि सात सय रुपैयाँ सम्मको सामान उत्पादन गर्दै आएका छन् । łअर्काको अधिनमा रहेर काम गर्नुपर्ने बाध्यता टरेको छ,’ उनले भनिन् ।
पूरानो सीप परिमार्जन गरि नयाँ डिजाइनका सामान उत्पादन
घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई ब्यवसाय बनाएका छन् । उनीहरुले थारु हस्तकलाको सीपलाई परिमार्जन गरि आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर, पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लाष्टिक, तामा, सिसाका भाँडा जस्तै डिजाइनमा बनाउन थालेका छौँ,’ निरुले भनिन् ।
थारु महिलाले उत्पादन गरेका सामान बातावरण मैत्री
थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामान बातावरण मैत्री पनि छ । सड्ने, गल्ने भएकोले देश, विदेशमा माग बढ्दै गएको अध्यक्ष चौधरीले बताइन् । उनले उनले देश, विदेशमा मात्र नभई मेला, महोत्सव र सहरमा हुने कार्यक्रममा पनि विक्री हुने गरेको छ ।
नेपालगन्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथीलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ । नेपालगन्जका नागरिक समाजका अगुवा र उद्योगी, ब्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन् । łउपहारको रुपमा थारु हस्तकलाका सामान दिने परिपाटीको विकास नेपालगन्जमा भएको छ, हामीले यसलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छौँ,’ कम्प्यूटर एशोसियशन, बाँकेका पूर्व अध्यक्ष संजय थापाले भने, łअरु उपहारका लागि अरु सामानभन्दा थारु हस्तकला दिँदा मजा लाग्छ ।’

Previous articleहाइस दुर्घटनामा घाइते २१ जनाको नाम ठेगाना खुल्यो
Next articleनेपालगन्जको अर्को परिचय ‘राबडी’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here