बाँके, १८ जेष्ठ ।
बाँकेमा आइतवार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, ४ र १५ का चार जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
वडा नं. १५ का दुई जना र वडा नं. ४ तथा १० का एक–एक जना रहेको उनले बताए । त्यसैगरि, वडा नं. ४ का ४२ वर्षिय, वडा नं. १० का ३८ वर्षिय र वडा नं. १५ का १६ तथा २५ वर्षिय पुरुष रहेको श्रेष्ठले जानकारी दिए ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसिरहेका मध्ये एक सय तीन जनाको लिइएकोमा चार जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । आइतवार नै नरैनापुर गाउँपालिका वडा नं. ४ का २१ वर्षिय, वडा नं. ५ का २५ वर्षिय, खजुरा गाउँपालिका वडा नं. ४ का ३० वर्षिय र बैजनाथ गाउँपालिका वडा नं. ४ का ३५ वर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ८९ जना पुगेका छ ।