शान्ति र सद्भावका लागि नेपालगन्जमा मुसायरा

बाँके, १७ जेष्ठ ।
मुसायरा अर्थात, रात्रीकालीन गजल गोष्ठीलाई नेपालगन्जको एउटा मौलिक संस्कृति मानिन्छ । हिन्दू, मुस्लिम, बौद्ध, शिख र इसाई धर्मालम्बीको शहर हो नेपालगन्ज । धर्म र धार्मिक आस्था फरक–फरक छ । यहाँ जातजाती र फरक–फरक समुदायको बसोबास पनि छ । भाषा, रीतिरिवाज, संस्कार र संस्कृति पनि फरक–फरक छन् । तै पनि यहाँ बसोबास गर्नेहरु एकले अर्कोको धर्म, संस्कृति, संस्कार र परम्परालाई स्वीकार गरि एकअर्काको चाडपर्वमा सामेल भई खुसीयाली साटासाट गर्दै सामाजिक एवम् धार्मिक सद्भावको सन्देश दिन्छन् । त्यसैले त अनेकतामा एकताको सहर भनेर नेपालगन्जले परिचय बनाएको छ ।
विभिन्न धर्म र समुदायका मानिसको बसोबास रहेकोले नेपालगन्जमा जातिय तथा साम्प्रदायिक दंगा भड्किने खतरा छ । सानो गल्ती या कमजोरीले ठूलै दंगा हुने खतरालाई मध्यनजर गरि यहाँका मुसायरले मुसायरामार्फत शान्ति र धार्मिक तथा सामाजिक सद्भाव छर्ने गरेका छन् । मुसायर मध्येका एक हुन् मुस्तफा हसन करेशी । त्रिभुवन चोक नजिकैको एउटा साँघुरो गल्लीमा बस्छन् मुस्तफा । उनको मुख्य पेशा कपडा सिउँने हो । कपडाका टुक्रा टुक्रालाई सिलाएर पोशाक मात्रै बनाउँदैनन् उनी गीत, गजल र सायरका माध्यमबाट बिभिन्न धर्मालम्बीलाई एकता र मेलमिलापको धागोमा सिउँदै नेपालगन्जलाई सद्भावको शहर बनाउने अभियानमा छन् ।
मुस्तफाले विक्रम् सम्वत् २०५३ सालदेखि उर्दु भाषामा गजल अर्थात् शेर लेख्न थालेका हुन् । शायरी लेख्न थाले संगै उनी समाजमा शान्ति र सद्भावको बढाउने अभियानमा सक्रिय छन् । कुनै समय आफ्नो समुदायबाट गैरमुस्लिमसँग संगत गरेको आरोप खेपेका कुरैसीको व्यवहारबाट अहिले मुस्लिम समुदाय नै दंग छ ।
सायर मुस्तफा मुसायरालाई प्रशंसाको संस्कृति भन्न रुचाउँछन् । मुसायराको असली मज्जा भनेकै łएकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै łवाह–वाह’ गर्दै रमाउनु हो । सामाजिक सद्भाव र शान्तिका लागि मुसायरा राम्रो माध्यम बनेको छ । विगतमा मधेसी–पहाडी वा हिन्दू–मुस्लिम द्वन्द्व भड्किदा नेपालगन्जका सायरहरुले मुसायरा मार्फत शान्ति र सद्भावको सन्देश दिए ।
उर्दु साहित्यको उर्वरभूमि हो नेपालगन्ज, जहाँ मुस्तफा जस्ता गजलकार (सायर) को समूह साहित्यिक गतिबिधिमा सक्रिय छ । उनै मुस्तफा गुलजार–ए–अदब नामक साहित्यिक संस्थामा सक्रिय छन । मुस्तफा गुलजार–ए–अदबले हरेक महिना आयोजना गर्ने मुसायरा कार्यक्रममा नेपालगन्जको पुरै रंग देखिन्छ । एउटै कार्यक्रममा नेपाली, उर्दु, अबधी, हिन्दी र थारु भाषाका कबिता, गजलहरु घन्किन्छन् । मातृभाषा उर्दु भए पनि मुस्तफा नेपाली, उर्दु, अबधी, हिन्दी र थारु भाषाका गजललाई ध्यानपूर्वक सुन्छन् । वाह–वाह गर्दै अन्य भाषाका सिर्जनालाई उत्तिकै सद्भाव र सम्मान दर्शाउँछन् । मुस्तफाका अधिकाँश रचनाहरुमा देशभक्तिको भाव भल्किन्छ । उनका शब्दहरुले नेपाल र नेपालीको स्वाभिमानलाई उँचो बनाउन प्रेरित गर्छन् ।
उर्दु साहित्य–संस्कृतिमा मुसायरा निकै लोकप्रिय कार्यक्रम हो । साँझबाट सुरु भएर रातभर चल्ने गजल कार्यक्रमलाई उर्दुमा मुसायरा भन्ने गरिन्छ । नेपालगन्जमा २०३३ सालदेखि मुसायरा सुरु भएको मानिन्छ । मुसायराले नेपालगन्जका साहित्यिक अनुरागीहरुलाई एकै थलोमा जम्मा हुने र आफ्ना सिर्जनाहरु एक अर्कालाई सुनाउने थलो प्रदान गर्दै आएको छ ।
उर्दु भाषामा संस्कृत, फारसी, अरबी लगायत थुप्रै भाषाको मिश्रण हुन्छ । साहित्यको हिसाबले उर्दु भाषा सरल हुन्छ । गीत, गजल, मुक्तक यो भाषामा निकै जम्छन् । त्यसैले अरु भाषाका साहित्यकारहरु पनि उर्दु साहित्यप्रति मोहित हुन्छन् । मुस्तफा भन्छन् łगलको जननी नै उर्दु हो, यसको वास्तविक स्वाद उर्दु भाषामा पाउन सकिन्छ ।’
भारतीय सहर लखनउसँग नेपालगन्जको निकट र सोझो सम्बन्ध छ । लखनउ, बहराइच र नानपाराका सायरहरु नेपालगन्ज आउँछन् । नेपालगन्जका सायरहरु पनि नानपारा, बहराइच हुँदै लखनउसम्म पुग्छन् । सीमावर्ती भारतीय शहरमा आयोजना हुने मुरायरामा पनि नेपाली शायर र नेपालगन्जमा हुने मुसायरा कार्यक्रममा भारतीय शायरले थुप्रै वाह–वाही बटुल्छन् ।
त्यहि सम्बन्धका कारण पनि नेपालगन्जमा उर्दु साहित्य फक्रिएको हो । लखनउ उर्दु भाषा सुन्दर रुपमा बोलिने सहर हो । त्यहाँको प्रभावले समेत नेपालगन्जमा उर्दु साहित्य फस्टाउँदै गएको छ । बिभिन्न पेशा–व्यवसायमा आबद्ध साहित्य अनुरागीहरुले व्यक्तिगत आम्दानीको केही अंश खर्चिएर उर्दु साहित्यिक जगेर्ना गरिरहेका छन् ।
नेपाल–भारत वीच सम्बन्ध सुधारमा मुसायरा
नेपाल र भारत बिचको सम्बन्धलाई रोटीबेटी संगै गजल–मुसायराले पनि जोडेको उनको बुझाइ छ । नेपाल र भारतको सम्बन्धमा आपसी सद्भाव बढाउन मुसायराहरुले थप मलजल गर्दै आएका छन् । नेपाली सायरहरु बहराइच, नानपारा, मुरादावाद, बालापुर, गोण्डासम्म पुगेर माहोल तताउँछन् । त्यसैगरि भारतीय सायरहरुले नेपालगन्जको माहोल तताउँदै आएका छन् ।
मुसायरा, बहुभाषिक गोष्ठीहरु र समुदायका अरु असल अभ्यासमार्फत नेपालगन्जलाई मौलिक विविधता र सद्भावको सहर बनाउन सकिने मुस्तफाको भनाई छ । łमुसायरामा संस्कृति र सिर्जनामा समाजलाई एकतामा बाध्न सक्ने खुबी हुन्छ,’ मुस्तफा भन्छन्, łनेपालगन्जको विविधता र सद्भावलाई समृृद्ध बनाउका लागि मुसायरा जस्ता मौलिक सांस्कृतिक गतिविधिहरु निरन्तरता दिन आबश्यक छ ।’
मुसायरालाई प्रशंसाको संस्कृति भन्ने गरिन्छ । łएकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै łवाह–वाह’ गरिन्छ,’ उनी भन्छन्, łत्यसैले सामाजिक सद्भाव र शान्तिका लागि मुसायरा राम्रो माध्यम भएको छ ।’ विगतमा मधेसी–पहाडी वा हिन्दू–मुस्लिम द्वन्द्व भड्किँदा नेपालगन्जका सायरहरूले मुसायरा गरेर शान्ति र सद्भावको सन्देश दिएको उनी सम्झिन्छन् ।
नवाबहरूको सहर लखनउ सभ्यताको प्रभाव वर्षौदेखि नेपालगन्जमा छ, खासगरी उर्दूू साहित्यमा । त्यसले नेपालगन्ज–लखनउको १९० किमि दूरी पनि नजिकै ल्याएको छ । यताका सायरहरू नानपारा, लखनउ र बहराइच पुग्छन् । भारतीय नेपाल आउँछन् । नेपालगन्जमा उर्दू सहित्यको चहलपहल विसंं २००९–०१० सालदेखि भएको मानिन्छ । स्व. मोल्वी गुलाम वारिस र मोहम्मद फारुक आरिफले २०३० सालमा गुल्जा ऐ अदब र बज्मे अदब गठन गरे । ०३३ पछि नेपालगन्जमा महिनैपिच्छे मुशायरा हुन्थे । łनेपालगन्जले प्रख्यात सायरहरू जन्माएको छ । अहिले पनि अब्दुल लतिफ शौक र मौलाना खयाली हामीसँग हुनुहुन्छ,’ गुल्जार ऐ अदबका सचिवसमेत रहेका मुस्तफा कुरैसी भन्छन्, łउहाँहरूकै छत्रछायामा उर्दू साहित्यले सामाजिक सद्भाव जोड्ने प्रयास गरिरहेको छ ।’
नेपाल र भारतको सम्बन्धमा आपसी सद्भाव ती मुसायराले बढाएका थिए । नेपाली सायर बहराइच, नानपारा, मुरदावाद, बालापुर, गोन्डासम्म पुगेर माहोल तताउन पुग्थे । सीमावर्ती सहरहरूमा नेपाली सायरले थुप्रै वाह–वाही बटुलेका छन् । त्यसैले दुई देशबीच रोटीबेटीको मात्र होइन, गजल–मुसायराको पनि सम्बन्ध थियो ।
वरिष्ठ सायर शौक भन्छन्, łत्यसैले चाहेर पनि नियमित हुन सकेको छैन ।’ नगरलाई विविधता र सद्भावको सहर बनाउने हो भने मुसायराजस्ता मौलिक सांस्कृतिक गतिविधि निरन्तर रूपमा सञ्चालन गर्न उपमहानगरपालिकाकै नेतृत्वमा व्यवस्थापन मिलाउनुपर्ने उनी बताउँछन् ।
द्वन्द्वका कारणले रातिमा हुने मुसायरा पातलिएपछि साहित्यकारहरूले बहुभाषिक कवि गोष्ठी आयोजना गर्न थाले । ती अभ्यासले पनि फरक भाषा र समुदायका सिर्जनामार्फत समाजलाई बाँध्ने कोसिस भए । प्रज्ञा प्रतिष्ठानका सदस्य हरिप्रसाद तिमिल्सिना मुसायरा, बहुभाषिक गोष्ठी र समुदायका अरू असल अभ्यासहरूमार्फत नेपालगन्जलाई मौलिक विविधता र सद्भावको सहर बनाउन सकिने बताउँछन् । łसंस्कृति र सिर्जनामा समाजलाई एकतामा बाँध्न सक्ने खुबी हुन्छ,’ उनी भन्छन्, łनेपालगन्ज उपमहानगरपालिकाको शान्ति र सद्भाव अभिवृद्धि गर्न मुसायरा संस्कृति एउटा राम्रो माध्यम हुन सक्छ ।’

Previous articleबाँकेको ६ सय हेक्टर मकैमा फौजीकिराको प्रकोप
Next articleभारतमा खुकुलो बनाइयो लकडाउन, अब यी क्षेत्र खुल्नेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here