बाँकेका थप तीन जनाले जिते कोरोना, १० जना संक्रमित थपिए

बाँके, १६ जेठ ।
बाँकेका थप तीन जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना जितेर नरैनापुर गाउँपालिकाका तीन जना संक्रमित घर फर्किएका हुन् ।
दाङको बेलझुण्डीस्थित प्रदेश विशेष आइसोलेशन अस्पतालमा उपचाररत नरैनापुर गाउँपालिका वडा नं. १, ३ र ५ का १८, २० र २५ वर्षका संक्रमित कोरोना मुक्त भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
नरैनापुरमा एक सय १३ जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ । अन्यको दाङ र बाँकेका विभिन्न आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।
यसैवीच, बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डुडुवा गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका १० मा कोरोना पुष्टि भएको श्रेष्ठले बताए । नेपालगन्जस्थित भेरी अस्पतालमा आरटी–पिसिआर विधिबाट कोरोना जाँच गर्दा उनीहरुमा कोरोना पुष्टि भएको श्रेष्ठको भनाई छ ।

Previous articleलकडाउन अवधिमा महिला हिंसाका ६७ घटना दर्ता
Next articleकृषि यान्त्रिकरणमा कृषकको आकर्षण, उत्पादन लागतमा कमी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here